नारायण सञ्चार केन्द्र ,काठमाडौ
पुस–२९,सोमबार ।
पद्मपुराणअन्तर्गत भनिएको १५३ श्लोकको स्वस्थानी व्रतकथामा महादेवले पार्वती स्वस्थानीको व्रतविधि र कथा बताएका छन्। अहिले भने घरघरमा ३१ अध्यायको नेपाली भाषामा लेखिएको श्रीस्वस्थानी व्रतकथा वाचन गर्ने चलन छ।
स्वस्थानी माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने खुल्दैन।
पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्रीस्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिए। विष्णुले स्वस्थानीको स्वरूपबारे यस्तो भनेका छन्( अष्टमातृका ९चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी० को माझमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालङ्कारले विभुषित भई त्रिशूल, तरवार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त स्वस्थानी देवीको स्वरूप छ(
अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा।
खड्गं त्रिशूलं चोर्ध्वञ्च अर्धं च वरमुत्पलम्।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता।
सुवर्णवद्धिकासाभा स्वस्थानी परमेश्वरी।।
सतीदेवीको मृत शरीरबाट एक(एक अंग पतन हुँदा एक९एक पीठ बनेको, प्रत्येक पीठमा एक देवी र एक ईश्वर ९महादेव० उत्पत्ति भएको र दर्शन गर्न आएका प्रत्येकलाई ईश्वरीले दर्शन दिएको प्रसंग आउँछ। देवी–देवता, मानिस, अन्य प्राणी र वनस्पतिलाई दर्शन दिई मागेअनुरूप वरदान दिने ईश्वरी यिनै स्वस्थानी परमेश्वरी भएको अनुमान गर्न सकिन्छ। तर कथामा स्वस्थानी देवी नै भन्ने खुलाइएको छैन।
विष्णुको सल्लाहमा देवी पार्वतीले व्रत बस्दा स्वस्थानी परमेश्वरी खुशी भई वरदान दिएको सन्दर्भ आउँछ। आफैंले व्रत गरेको र ऋषिहरूलाई गोमाकहाँ पठाएर व्रत बस्न प्रेरित गरेबाट पनि पार्वतीले समेत मानेकी देवी भएकी छिन्, स्वस्थानी।
यस्तै महादेवकी अर्की पत्नी गंगाले विधिपूर्वक व्रत बसेर समापन गर्दा स्वस्थानी देवी प्रसन्न भएर वरदान दिएको कथामा उल्लेख छ।
गोमा र चन्द्रावतीले स्वस्थानीकै व्रतबाट सुखसमृद्धि पाएको बताइएको छ। स्वस्थानीको अपमान गर्दा चन्द्रावतीले धेरै वर्ष दुःखकष्ट भोग्नुपरेको सन्दर्भसमेत व्रतकथामा आउँछ।