हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–९,मंगलबार ।

सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । सोमबार साँझ भएको दुर्घटनामा कविलासी नगरपालिका ७ निवासी १९ वर्षीय चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिपुर नगरपालिका ३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवातर्फ जाँदै गरेको ज २ त ४५२ नम्बरको बालुवा लोड गरिएको ट्याक्टरमा बीआर ०५ एक्यु ८७५९ नम्बरको भारतीय मोटरसाइकल ठोक्किँएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । दुर्घटनाको कारण र घटना बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।