हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–११,बिहिबार ।
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको तयारी थालेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाइएको छ।
त्रिविका शिक्षाध्यक्ष एवं परिषद्का अध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले निर्वाचनको सबै तयारी गर्ने निर्णय गरेको थियो। सोहीअनुसार प्रक्रिया थालेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले जानकारी दिए।
‘विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको छ, चाँडै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको काम अगाडि बढाउने छौँ’, उनले भने।
त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ। प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते केही क्याम्पसबाहेक देशभर सम्पन्न भएको थियो।
त्यतिवेला नौवटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार स्ववियु निर्वाचनमा देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।