सनातन सञ्चार केन्द्र
माघ २४,बिहिबार ।

पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण भएको छ । करिब ६ करोडको लगानीमा सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति निर्माण भएको हो ।

३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिएको छ । अन्नपूर्ण केबुलकार कम्पनी पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गरेको हो भने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वय गरेको छ । मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर छ ।

सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताल लगाएतका रमणिय दृश्य देख्न सकिन्छ । मूर्ति निमार्णका लागि सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिले अन्नपुर्ण केबुलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

सराङकोट प्याराग्लाइडिङ गर्न, पोखरा केबलकार चढेर जान, सुर्योदय हेर्नका लागि पनि प्रख्यात छ ।
सोही स्थानमा सराङकोटमा फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव गर्ने तयारी छ ।