फागुन,१६ शुक्रबार,पोखरा ।
आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा विश्वकै कान्छि कथावाचिका अनुराधा पाण्डेले महायज्ञ सफलताको शुभकामना सन्देश पठाएकी छन् । कथावाचिका पाण्डेले आफु पनि सहभागी हुने जानकारी सहित भिडियो मार्फत शुभकामना सन्देश प्रवाह गरेकी हुन ।
उनले शुभकामना सन्देशमा भनेकी छन – श्रावण महिनामा भएको ऐतिहासिम पशुपति कोटिहोम महायज्ञ भन्दा ठूलो ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ पोखराको लेकसाइडमा हुदै छ । उक्त कोटिहोमको पूर्वसन्ध्यामा २०८१ चैत्र १६ गते देखि २७ गतेसम्म मैले श्रीमदभागवत कथा प्रवचन गर्ने छु । सबैलाई सहभागी भई पुण्य लाभ प्राप्त गर्न सक्नुहुने छ ।